
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो पटक महको गुणस्तरमा गुनासो आएपछि विभिन्न ब्रान्डका २९ वटा महका नमुना सङ्कलन गरी परीक्षण थालेको जनाएको छ ।
विभिन्न ब्रान्डको नाम दिएर बजारमा बिक्री गरिने महको गुणस्तरमा समस्या देखिएपछि विभागले बजारमा उपलब्ध महको नमुना सङ्कलन गरी परीक्षण थालेको हो ।
विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले पछिल्लो पटक महको विषयमा धेरै गुनासो आएपछि विभागले नमुना सङ्कलन गरेर त्यसको गुणस्तरका बारेमा परीक्षण थालेको जानकारी दिए ।
उनले गुुणस्तरहीन भनेर प्रमाणित भइसकेका शुभ सिङ्गल इन्टरनेसनल ब्रान्ड नामको मह उद्योगविरुद्धमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरी अनुसन्धानका क्रममा रहेको जानकारी दिए ।
खाद्य ऐन २०२३ अनुसार न्यून गुणस्तर तथा झुक्यानमा पारेको कसुर बमोजिम शुभ ब्रान्ड मह उद्योगविरुद्धमा अदालतमा मुद्दा दायर गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।