
सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले ओरालो लागेर ९६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । जसको मूल्य मंगलवार प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।
बुधवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ३२० पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔंस १ हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।