२८ असार २०८३, आइतबार

युद्ध रोक्न आग्रह गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

फागुन ११, २०७८
युद्ध रोक्न आग्रह गर्दै रुसी दूतावास अगाडि प्रदर्शन

तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न रुसलाई विशेष आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले बुधवार नेपालस्थित रुसी राजदूतावास वालुवाटार अगाडि प्रदर्शन गरेको छ ।

दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीहरूले ‘युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर’ भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रदर्शनपश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

युद्धले लाखौं–करोडौं मानिसको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्ध हुन नहुने र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्छ भन्ने शान्ति समाजको मान्यता रहेको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा भर्खरै मात्र युक्रेन सन्दर्भमा रुसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौं हजार सदस्य तथा शुभचिन्तकहरू अत्यन्त चिन्तित भएको जनाइएको छ ।

पत्रमा भनिएको छ, ‘रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्नका लागि मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ ।’

प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरू होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, सचिव बन्दना सिंह, अपिल समिति संयोजक बलबहादुर गाहा मगर र सदस्य ईश्वरा लिङ्देन, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र किरण ढकाल, पूर्व केन्द्रीय सदस्य दुर्गा राना ‘लक्ष्मी’, काठमाडौं शाखाका कार्यबाहक सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति संजोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाडौं शाखा पूर्व सभापति ईश्वर पुडासैनी, काठमाडौं शाखा सहसचिव रमेश बराल, आजीवन सदस्यहरू तुलसीराम भण्डारी, दिवाकर पुडासैनी, आरसी भण्डारी, विकास थापा लगायत ४ दर्जन शान्तिवादीको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्