०६ साउन २०८३, बुधबार

बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने

फागुन ११, २०७८
बिहीबारदेखि बेलायतमा कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने

बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबारदेखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले  बताएका छन् । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो । 

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन । 

प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएका छन् । यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । 

सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा सङ्क्रमणको जोखिम बढाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्