३१ असार २०८३, बुधबार

श्रम बजार व्यवस्थित गर्न आधा दर्जन समिति गठन

फागुन १२, २०७८
श्रम बजार व्यवस्थित गर्न आधा दर्जन समिति गठन

श्रम,  रोजगार  तथा  सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ ।

​ श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री  कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न आधा दर्जन कार्यदल तथा समिति गठन गरेका हुन् ।

वैदेशिक   रोजगारीलाई   थप   सुरक्षित,   व्यवस्थित   र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन–२०६४ मा समसामयिक सुधार  एवं  परिमार्जन  गर्न  मन्त्रालयका  रोजगार  व्यवस्थापन महाशाखाका  प्रमुखको  संयोजकत्वमा  पाँच  सदस्यीय  कार्यदल गठन  गरेको  छ ।

 कार्यदलले  प्रारम्भिक  मस्यौदालाई  अन्तिम रूप  दिन  सरोकारवालासँग  छलफल  गरी  कानुन  र  परराष्ट्र मन्त्रालयको  राय  लिई  मन्त्रिपरिषदमा  पेस  गर्न  अन्तिम  मस्यौदा प्रस्तुत  गर्ने  मन्त्रालयले  जनाएको  छ ।

 साथै,  श्रम  प्रशासनको विद्यमान  अवस्थाको  अध्ययन  तथा  पुनरावलोकनका  लागि श्रम ऐन, नियमावली संशोधनका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा  विभागका  महानिर्देशकको  संयोजकत्वमा  पाँच  सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्