११ साउन २०८३, सोमबार

प्रचण्ड–नेपाललाई सिवाकोटीको आग्रह : चिची पनि पापा पनि चाहियो नभन्नुस्

फागुन १२, २०७८
प्रचण्ड–नेपाललाई सिवाकोटीको आग्रह : चिची पनि पापा पनि चाहियो नभन्नुस्

नेपाली कांग्रेसका केन्द्रीय कमिटी सदस्य अजयबाबु सिवाकोटीले सत्ता गठबन्धनमा रहेका दलहरूलाई सरकार वा सडकमध्ये एक रोज्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै सिवाकोटीले दोहोरो चरित्र नदेखाउन समेत उनीहरूलाई आग्रह गरेका छन् । 

उनले भनेका छन्, 'फेरि भन्छु, चिची पनि पापा पनि चाहियो भने जसरी सरकारमा पनि बस्ने अनि सडकमा पनि उपद्रो गर्न पाइन्न। गठबन्धनका सहयात्री कमरेडहरू कि सरकार रोज्नुस् कि सडक। दोहोरो चरित्र नदेखाउनुस् ।'

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम भने उल्लेख गरेका छैनन् ।

एमसीसी संसदमा टेबल हुनुअघि र भएपछि पनि माओवादी केन्द्र र नेकपा समाजवादीका कार्यकर्ताहरूले यसको विरोध गर्दै आइरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्