
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका भूभागहरूमा कब्जा गर्ने कुनै योजना नरहेको बताएका छन् ।
युक्रेनी आक्रामकताबाट दोनेत्स्क र लुहान्स्क जनगणतन्त्रलाई प्रतिरक्षा गर्न चलाइएको विशेष कारवाहीको घोषणापछि पुटिनको यो भनाइ आएको हो ।
यस कारवाहीको अन्तिम लक्ष्य किएभ सरकारले विगत आठ वर्षमा गरेको नरसंहारमा परेका मानिसको रक्षा भएको पुटिनले बताए ।
मस्कोले युक्रेनको निःशस्त्रीकरण र नाजीविहीन बनाउने काम गर्ने र नागरिक विरुद्ध अनेकौं ज्यादती गर्नेहरूलाई न्यायको कठघरामा उभ्याउने पनि बताए ।
तर युक्रेनको पूरै भूभाग कब्जामा लिने दीर्घकालीन योजना मस्कोले नबनाएको पुटिनको भनाइ छ ।
‘युक्रेनी भूभागमा कब्जा गर्ने हाम्रो कुनै योजना छैन । हामी बलपूर्वक कुनै पनि कुरा कसैमाथि लाद्दैनौं,’ उनले भने ।