२७ जेठ २०८३, बुधबार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमसीसी कार्यसूचीमा राखिने

फागुन १२, २०७८
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमसीसी कार्यसूचीमा राखिने
फाइल तस्वीर।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा बसिरहेको छ । 

संसद भवनको शंकर हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आजको संसद् बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सम्झौताबारे छलफल हुने कार्यसूची तय हुने सम्भावना छ । 

फागुन ८ गतेको बैठकमा संसदमा एमसीसी सम्झौता पेश भएको छ । 

सभामुखले उक्त सम्झौताबारे संसदमा छलफल चलाएर निणयार्थ पेश गर्ने तयारी गरेका छन् । 

आज दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्