३१ असार २०८३, बुधबार

युक्रेनको फाइटर जेट विमानलाई रोक्यो रोमानियाले

फागुन १२, २०७८
युक्रेनको फाइटर जेट विमानलाई रोक्यो रोमानियाले

युक्रेनको सुखोई सु–२७ विमानलाई रोमानियाका दुईवटा एफ–१६ लडाकू विमानहरूले बिहीवार रोकेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

उक्त विमानलाई पूर्वी रोमानियामा रहेको बाकाउ शहर नजिक रहेको जंगी अड्डामा ओर्लन निर्देशन दिइएको मन्त्रालयले बयान जारी गरेर जनाएको छ ।

युक्रेनी लडाकू विमानका पाइलटले आफूलाई रोमानियाली अधिकारीसमक्ष आत्मसमर्पण गरेका छन् । बुखारेस्टले घटनाको कानूनी परिणामको मूल्यांकन गरिरहेको छ । यसको विस्तृत जानकारी पछि उपलब्ध गराउने रक्षा मन्त्रालयको कथन छ । 

रुसले युक्रेनमाथि सैन्य कारवाही शुरू गरेकै समयमा यो घटना भएको हो । मस्कोले युक्रेनका जंगी एयरफील्ड र विमानलाई हवाई आक्रमणको तारो बनाएको छ । 

नेटोको सदस्य रोमानियाले सबै किसिमका पूर्व सतर्कता अपनाइरहेको र छिमेकी मुलुकको घटनालाई निगरानी गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्