२६ असार २०८३, शुक्रबार

यसपालि पशुपति क्षेत्रमा शिवरात्री मेला लाग्ने, प्रतिस्पर्धाबाट कम्पनी छनोट

फागुन १२, २०७८
यसपालि पशुपति क्षेत्रमा शिवरात्री मेला लाग्ने, प्रतिस्पर्धाबाट कम्पनी छनोट

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने १ हप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ ।
 
कोरोना महामारीका कारण २ वर्ष रोकिएको मेला यस वर्ष सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण फैलिने डरले विक्रम संवत् २०७६/७७ मा मेला स्थगित गरिएको थियो । यस वर्ष कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर सावधानी साथ मेला सञ्चालन गरिने उनले बताए ।
 
महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि १ हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिने छ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन संघलाई १५ लाख १५ हजार रुपैयाँमा मेला सञ्चालनको जिम्मेवारी दिइएको कोषले जनाएको छ ।

मेलामा बालबालिका एवं वयस्कका लागि पिङ लगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल पनि गर्न सकिने गरी कक्ष सञ्चालन गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्