२१ असार २०८३, आइतबार

बोस्फोरसमा रुसको पहुँच रोक्न टर्कीलाई युक्रेनको आग्रह

फागुन १२, २०७८
बोस्फोरसमा रुसको पहुँच रोक्न टर्कीलाई युक्रेनको आग्रह

रुसका युद्धपोतहरूलाई बोस्फोरस र डारडानेलेस जलसन्धिमा रोक्नका लागि युक्रेनले टर्कीलाई आग्रह गरेको छ । 

रुसले ती दुई जलसन्धि भएर कृष्ण सागरमा प्रवेश गर्ने गरेको छ । 

सन् १९३६ को मोन्त्रेउ महासन्धि अनुसार, ती जलसन्धिलाई टर्की एक्लैले नियन्त्रणमा राख्ने गरेको छ । त्यस महासन्धिले कृष्ण सागरसँग सीमा जोडिएका मुलुकका युद्धपोत दुई जलसन्धिबाट गुज्रिन सक्ने भने अरूले शर्त पूरा गरेर सीमित समयका लागि त्यहाँबाट जान सक्ने प्रावधान राखेको छ । 

टर्कीका लागि युक्रेनका राजदूत भासील बोदनारले बिहीवार बिहान पत्रकार सम्मेलनमा बताए, ‘हामीले टर्की सरकारलाई हवाई क्षेत्र तथा रुसी जहाजका लागि डारडानेल्स र बोस्फोरस जलसन्धि बन्द गर्न आधिकारिक अनुरोध गरेका छौं ।’

रुसका व्यापारीमाथि प्रतिबन्ध लगाउन र युक्रेनलाई टर्कीको व्यापक सहयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

उनले भने, ‘हामी रुसको आक्रामकता रोक्नका लागि तपाईंहरूलाई आह्वान गर्छौं । अहिले युक्रेनले तपाईंको सुरक्षालाई जोगाइरहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्