२१ जेठ २०८३, बिहीबार

एमसीसी : बढ्यो अन्तर्राष्ट्रिय शक्तिको सलबलाहट

फागुन १३, २०७८
एमसीसी : बढ्यो अन्तर्राष्ट्रिय शक्तिको सलबलाहट

एमसीसीले गर्दा अन्तर्राष्ट्रिय शक्तिको सलबलाहट बढेको छ। यो विषयमा चीन र अमेरिकाको चासो बढेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का शीर्ष नेताले ओली र नेपालसँग भिडियो संवाद गरेका छन्।

सीपीसीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ र उपप्रमुख चेन चौले ओली र नेपालसँग कुराकानी गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ् ताओले ओलीसँग कुराकानी गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका उपप्रमुख चेन चौले नेता नेपालसँग कुराकानी गरेका थिए।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले केही दिनअघि अमेरिकाले नेपालविरुद्ध धम्की कूटनीति सुरु गरेको बताएका थिए।

अमेरिकी राजदुत र्‍यान्डी बेरीले पटक-पटक नेताहरू भेटघाट गरिरहेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले देउवा, ओली र दाहाललाई फोन गरेका थिए। उनले एमसीसी फेल भएका चीन कारणले भएको सम्झने भनेका थिए। एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल नै आएर शीर्ष नेतासँग भेटघाट गरिन्।

पूर्वराजदूत लोकराज बराल पछिल्लो दिन चीन खुला रुपमा आएको बताउँछन् ।

​ 'विगतमा चिनियाँहरूको सूक्ष्म कूटनीति थियो। अहिले चीन खुला रूपमा आइरहेको छ। पहिला भारतले हस्तक्षेप गयो भन्थे, अहिले चीनले हक्काहक्की गरिरहेको छ', उनले भने, कम्युनिष्ट मिलाउन, फुट्न रोक्न पनि चीनले चासो देखाएको हामीलाई थाहा नै छ।'

अमेरिकासँगको प्रतिस्पर्धाको कारणले चीन नेपालमा एमसीसी नओस् भन्ने चाहने उनको टिप्पणी छ। चीन अहिले अमेरिकासँग प्रतिस्पर्धा छ, त्यही भएर एमसीसी विफल पार्न उ चाहन्छ, उनले भने। पूर्वराजदूत बराल विदेशी हस्तक्षेप बढ्नुमा नेपालकै नेताको कमजारी औंल्याउँछन्। अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले र राधा खनालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्