२२ असार २०८३, सोमबार

'कर्पोरेट पे'को लोकप्रियता बढ्दो, चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार

फागुन १३, २०७८
'कर्पोरेट पे'को लोकप्रियता बढ्दो, चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार

कर्पोरेट पे  प्रणालीले चालु आर्थिक वर्षमा रु ५५ अर्बको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोषेढुङ्गा पार गरेको छ । 

बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली  प्रयोग हुँदै आएको छ । 

हाल ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २,६०० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् । 

यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ । 

व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी अथोराइजेसन तथा मल्टीपल सिग्नेचर्सको समेत उपयुक्त व्यवस्था रहेको छ । 

प्रणालीमा रियल टाइममा प्रति कारोबार रु.२० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार रु. २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार रु ३० करोड सम्म गर्न सकिन्छ । 

साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।   

थालनीको छोटो समयमा नै कर्पोरेटपे प्रणालीेको बढ्दो लोकप्रियता तथा प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधरमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्