२३ जेठ २०८३, शनिबार

आजको मौसम– यी स्थानहरुमा वर्षाको सम्भावना

फागुन १४, २०७८
आजको मौसम– यी स्थानहरुमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहनेछ । यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना  रहेको महाशाखाको भनाइ छ । 

यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  यस्तै बाँकी भूभागमा आंशिक बदली रहनेछ। त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो र राति नै सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्