२९ जेठ २०८३, शुक्रबार

युक्रेनका राष्ट्रपतिले पोस्ट् गरे भिडियो, भने- हामी आत्मसमर्पण गर्दैनौं

फागुन १४, २०७८
युक्रेनका राष्ट्रपतिले पोस्ट् गरे भिडियो, भने- हामी आत्मसमर्पण गर्दैनौं

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्वीटरमा आफूले रेकर्ड गरेको भिडियो पोस्ट् गरेका छन् ।

जेलेन्स्कीले राजधानी कीभको सडकमा हिँड्दा भिडियो रेकर्ड गरेका हुन् । 

भिडियोमार्फत् उनले आफ्नो सेनालाई रसियासमक्ष आत्मसमर्पण गर्न आदेश दिएको भन्ने अफवाहबारे प्रष्ट पारेका छन् । 

भिडियोमा जेलेन्स्की कीभको गोरोडेत्स्की हाउसको अगाडि सडकमा हिँड्दै इन्टरनेटमा धेरै फेक सूचना दिइएको बताएका छन् । 

सेनालाई हतियार छाड्न आदेश दिएको भनेर इन्टरनेटमा भ्रमपूर्ण जानकारी दिइएको भन्दै उनले भने- म यहीँ छु । हामी हतियार छाड्ने छैनौं, हामी हाम्रो देशको रक्षा गर्नेछौं ।

salt training

कमेन्ट गर्नुहोस्