१२ असार २०८३, शुक्रबार

कांग्रेस सिन्धुलीको सभापतिमा ६ जनाको दाबी

फागुन १५, २०७८
कांग्रेस सिन्धुलीको सभापतिमा ६ जनाको दाबी

नेपाली काँग्रेस सिन्धुलीको यही  फागुन  १५  गते  हुने  जिल्ला  अधिवेशनमा  जिल्ला सभापतिको  दाबी  गर्दै  छ  जनाले  उम्मेदवारी  घोषणा  गरेका छन् ।

काँग्रेसको  १४औँ  महाधिवेशनअन्तर्गत  हुने  जिल्ला अधिवेशनमा  सभापति  पदका  आकाङ्क्षी  सामाजिक सञ्जाल  र  भेटघाटलाई  तीव्र  बनाई  भोट  माग्न  व्यस्त छन् ।

 वर्तमान  जिल्ला  सभापति  उज्ज्वलप्रसाद  बराल, उप–सभापति    खड्गबहादुर    वाइबा,    महाधिवेशन प्रतिनिधिहरू  उपेन्द्रकुमार  पोखरेल,  प्रेमचन्द्र  दाहाल, विश्वनाथ  कोइराला  र  विदुर  वाइबाले  सभापति  पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अधिवेशनको    मिति    नजिकिएसँगै    जिल्ला कार्यसमितिका  बाँकी  पद  उपसभापति,  सचिव,  सह–सचिव  र  कार्यसमिति  सदस्य  पदमा  उम्मेदवारी  घोषणा गर्ने  बढ्दै  गएका  छन् ।  

क्षेत्रीय  प्रतिनिधिहरू  अधिकांश युवा भएका र उम्मेदवारी घोषणा गर्ने पनि धेरैजसो युवा नै रहेको कमलामाई नगरपालिका–४ का क्षेत्रीय प्रतिनिधि सन्तोष दाहाल बताउँछन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्