×

NMB BANK
NIC ASIA

युक्रेनमा रुसको सैन्य कारवाही : किएभ कब्जा गर्न प्रयास, यसकारण भइरहेछ ढिलाइ

फागुन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको गुप्तचर संस्थाले युक्रेनमा रुसको आक्रमण भएमा किएभ सहित पूरा देश ७२ देखि ९६ घन्टामा रुसी कब्जामा जाने अनुमान गरेको थियो । 

Muktinath Bank

लडाइँ शुरू भएको ७२ घन्टाभन्दा बढी समय बितिसक्दा पनि किएभमाथि रुसको नियन्त्रण नहुँदा अमेरिका तथा पश्चिमले रुसलाई गिल्ला गरिरहेको छ । युक्रेनीहरूले रुसको कठोर प्रतिकार गरिरहेको भन्दै पश्चिमाहरू काखी बजाइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो स्थितिमा अमेरिकाले सन् २००३ मा इराकमाथि गरेको आक्रमण र अहिले रुसले युक्रेनमाथि गरेको आक्रमणको तुलना गरिहेरौं । यी दुई घटनाको तुलनाले कुनै पनि देशमाथि कब्जा गर्न कति गाह्रो छ भन्ने कुरा देखाउँछ । 


Advertisment
Nabil box
Kumari

अमेरिकाले इराकमा आफ्ना ३ लाख सैनिक उतारेको थियो । इराक भौगोलिक हिसाबमा युक्रेनभन्दा सानो मुलुक हो र युक्रेन जति बाक्लो जनघनत्व पनि त्यहाँ छैन । तैपनि इराक कब्जा गर्न अमेरिकालाई तीन हप्ता लागेको थियो । 

Vianet communication
Laxmi Bank

त्यसमाथि इराकलाई अन्य कुनै पनि देशले सहायता उपलब्ध गराएको थिएन । अनि इराकको गुप्तचर सेवा पनि क्षमतावान थिएन । विदेशी शक्तिहरूले इराकलाई अमेरिकी सेनाको गतिविधिका बारेमा चौबीसै घन्टा सूचना उपलब्ध गराएका थिएनन् । 

रुसी सैनिकहरू द्रुत गतिमा अघि बढिरहेका छन् । उनीहरू सकेसम्म कम नागरिक हताहत हुन् भन्ने विषयमा सचेत छन् । यति ठूलो देशमा आक्रमण गर्नुपरेको अनि युक्रेनी सुरक्षा बलले आवासीय क्षेत्रमा लुकेर प्रहार गरिरहेकोले रुसी सेनालाई निकै विवेक प्रयोग गरेर मात्र सैन्य कारवाही गर्नुपर्ने बाध्यता छ । 

तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धनले चौबीसै घन्टा सूचना दिइरहेको छ । अनि नेटोले युक्रेनलाई हतियार उपलब्ध पहिलेदेखि गराएको छ र अहिले पनि गराइरहेको छ । 

र विश्वलाई रुसप्रति घृणा उत्पन्न गराउन मनोवैज्ञानिक कारवाही तथा प्रचारबाजी (साइअप्स प्रोपागान्डा) फैलाइरहेको छ । पश्चिमका सञ्चारमाध्यमहरू त्यसका लागि व्यापक परिचालित गरिएका छन् । 

युक्रेनको जनघनत्व बाक्लो छ र इराकको भन्दा जनसंख्या पनि बढी छ । अनि रुसले युक्रेनमा यतिखेर ३० देखि ४० हजार सैनिक मात्र पठाएको छ । 

रुसी सैनिकहरू द्रुत गतिमा अघि बढिरहेका छन् । उनीहरू सकेसम्म कम नागरिक हताहत हुन् भन्ने विषयमा सचेत छन् । यति ठूलो देशमा आक्रमण गर्नुपरेको अनि युक्रेनी सुरक्षा बलले आवासीय क्षेत्रमा लुकेर प्रहार गरिरहेकोले रुसी सेनालाई निकै विवेक प्रयोग गरेर मात्र सैन्य कारवाही गर्नुपर्ने बाध्यता छ । 

जंगी अड्डाहरूलाई ताकेर लक्ष्यमा ठ्याक्कै प्रहार गर्ने हतियार (प्रिसिजन वेपन्स) को प्रयोग रुसी सेनाले गरिरहेको छ । 

सैन्य दृष्टिकोणबाट हेर्दा रुसले अहिलेसम्म आफ्नो क्षमताभन्दा निकै कम बलप्रयोग गरिरहेको छ । विशेषगरी उसले अत्याधुनिक घातक हतियार प्रयोग गरेकै छैन । कमभन्दा कम नागरिक हताहतीका लागि उसले यस्तो सतर्कता अपनाएको हो । 

रुसले एकदमै सामान्य हतियार प्रयोग गरिरहेको छ । विगत २० वर्षमा रुसले विकसित गरेको क्यालिबर बाहेक हातहतियार प्रयोग गरेकै छैन ।

अहिलेसम्म रुसले यस आक्रमणमा कब्म्याट ड्रोन, घुमीघुमी लक्ष्यमा प्रहार गर्ने लोइटरिङ म्युनिसन, हाइपरसोनिक क्षेप्यास्त्र, विद्युतीय हतियार (इलेक्ट्रोनिक वारफेयर) वा व्यापक क्षेत्रलाई विनाश गर्ने हवाई आक्रमणको उपयोग गरेकै छैन । रुसले सिरियामा विद्रोहीहरूका विरुद्ध प्रयोग गरे जति हतियार युक्रेनमा प्रयोग गरेकै छैन । 

रुससँग युक्रेनका सबै भवनहरू ध्वस्त पार्न सक्ने हतियार छ । क्रुज क्षेप्यास्त्र, ब्यालिस्टिक क्षेप्यास्त्र, मल्टिपल लोन्च रकेट सिस्टम, हेभी मोर्टार, हेभी फ्लेमथ्रोअर मल्टीब्यारल रकेट लोन्च सिस्टमको प्रयोग रुसले गरेकै छैन । 

रुसी र युक्रेनीहरू समान स्लाभ जातिका मानिस भएकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सकेसम्म कम नागरिक हताहत हुन् भन्नेमा ध्यान दिन सेनालाई निर्देशन दिएका छन् । पश्चिमप्रति बफादार लागूपदार्थ दुर्व्यसनी र नवनाजीहरूलाई मात्र तारो बनाउन उनले आदेश दिएका छन् । 

तर इराकमा आक्रमण गर्दा अमेरिकाले यस्ता कुरामा ध्यान दिएको थिएन । गोरा र काला क्रिस्चियन अमेरिकीहरूलाई खैरो छाला भएका इराकी मुसलमानहरूप्रति कुनै मायाममता थिएन । युद्धमा मारिने सर्वसाधारण उनीहरूका लागि कोल्याटरल ड्यामेज मात्र थिए । यस्तो हुँदा समेत इराक कब्जा गर्न अमेरिकालाई तीन हप्ता लागेको थियो । 

युक्रेनमा अहिलेसम्म लगभग ४०० रुसी सैनिकको ज्यान गएको अनुमान बेलायतको रक्षा मन्त्रालयले गरेको छ । रुस आफैंले हताहतीको यकिन संख्या सार्वजनिक गरेको छैन । लुगान्स्क र डोनेत्स्कमा भएको क्षतिलाई समेत जोड्दा बेलायती अनुमान सही हुन सक्छ । युक्रेनी अधिकारीहरू चाहिँ ३५ सय रुसी सैनिक मारिएको भनी प्रचारबाजी गरिरहेका छन् ।

इराकमाथि अमेरिकी आक्रमणको तुलनामा युक्रेनमाथि रुसको आक्रमण भर्खर मात्र शुरू भएको हो । अनि माथि भनिए जस्तै रुसले क्षमताभन्दा कम हतियार मात्र प्रयोग गरेको छ । अमेरिकाले इराकमा तैनाथ गरेको सैनिकको संख्याभन्दा आठ गुणा कम सैनिकका साथ रुसले कारवाही चलाइरहेको छ । 

युक्रेनी नागरिक कम मारिऊन् भनेर रुसले सतर्कता अपनाइरहँदा युक्रेनी सरकार चाहिँ आफ्ना नागरिकलाई बलि चढाउन उद्यत देखिन्छ । उसले १८ देखि ६० वर्षका पुरुषलाई देश छोडेर जान प्रतिबन्ध लगाएको छ । अनि जनतालाई मोलोटोभ ककटेल अर्थात् पेट्रोल बम प्रहार गरेर रुसी सैनिकहरूलाई रोक्न पनि उसले निर्देशन दिएको छ । 

यो भनेको शहरी युद्धकला (अर्बन वारफेयर) को एक रूप हो । यसलाई सफलताका साथ दमन गर्न निकै कौशल चाहिन्छ र समय पनि लाग्छ । यो गृहयुद्धमा पनि उपयोग गरिने विधि भएकाले युक्रेनमा रुसी आक्रमणपछि गृहयुद्ध समेत चर्किने देखिन्छ । 

बेलायत लगायतका पश्चिमी मुलुकहरूले रुसलाई युक्रेनमा थप पीडा दिने गरी युक्रेनलाई हातहतियार सहयोग गर्ने बताइरहेका छन् र हतियार उपलब्ध समेत गराइरहेका छन् । अर्थात्, उनीहरू युक्रेन गृहयुद्धमा प्रवेश गरोस् र अमेरिका अफगानिस्तान तथा इराकमा लामो समय फसे जस्तै रुस युक्रेनमा लामो समय फसोस् भनी रणनीति बनाइरहेका छन् । 

तर युक्रेनमा असैन्यीकरण र नाजीविहीनीकरण (डिमिलिटराइजेसन यान्ड डिनाजिफिकेसन) मात्र गर्ने रुसको योजना छ । आखिर ऊ अफगानिस्तान र इराकमा लोकतन्त्र बहाली गर्न अमेरिकाले चलाएको जस्तो कारवाही युक्रेनमा चलाइरहेको छैन, मात्र नेटोको आक्रामकताबाट आफ्नो सुरक्षालाई बलियो बनाइरहेको छ । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुससँग तटस्थताका लागि वार्ता गर्न सकिने भनेपछि पुटिनले केही समयका लागि सैन्य कारवाही रोक्न रुसी सेनालाई निर्देशन दिएका थिए । पछि अमेरिकाकी परराष्ट्र राज्यमन्त्री वेन्डी शरम्यानले किएभको निर्णयलाई स्वीकार गरिने बताएकी थिइन् । तर रुसलाई युक्रेनमा हावी हुन नदिने रणनीति बनाएको पश्चिमले जेलेन्स्कीलाई रुससँग सम्झौता गर्नबाट रोक्यो । जेलेन्स्कीले सम्झौता गर्न नमानेपछि रुसको सैन्य कारवाही पुनः शुरू भयो ।  

यसरी आवासीय क्षेत्रमा रहेका सर्वसाधारणमाथि रुसी सेनाले आक्रमण गरेर युद्धअपराध गरेको भन्ने भाष्य स्थापना गर्न खोजिँदैछ । युक्रेनमा भइरहेको आक्रमणमा युद्धअपराधको मुद्दा आकर्षित हुने भनी अन्तर्राष्ट्रिय फौजदारी अदालतले बताइसकेको छ । 

युक्रेनी सेनालाई अमेरिकाले लामो समयदेखि तालिम दिँदै आएको छ । अमेरिकाका सैन्य तथा गुप्तचर प्रशिक्षकहरूले युक्रेनीलाई आवासीय क्षेत्रमा भारीभरकम हतियार तैनाथ गर्न लगाउँछन् । 

त्यहाँबाट प्रहार गरिएका हतियारलाई प्रतिकार तथा प्रत्याक्रमण गर्नका लागि रुसी सेनाले कारवाही चलाउँदा आवासीय क्षेत्र समेत चपेटामा पर्न गएको छ । इराक र सिरियामा विद्रोहीहरूलाई अमेरिकीले यस्तै तालिम दिएर सरकारी फौजलाई सर्वसाधारणमाथि आक्रमण गराउने परिस्थिति निर्माण गरेको उदाहरण छ ।

यसरी आवासीय क्षेत्रमा रहेका सर्वसाधारणमाथि रुसी सेनाले आक्रमण गरेर युद्धअपराध गरेको भन्ने भाष्य स्थापना गर्न खोजिँदैछ । युक्रेनमा भइरहेको आक्रमणमा युद्धअपराधको मुद्दा आकर्षित हुने भनी अन्तर्राष्ट्रिय फौजदारी अदालतले बताइसकेको छ । 

रुसले यसलाई पनि मद्देनजर राख्दै विवेकपूर्ण कारवाही चलाउनुपरेको छ । 

अनि सर्वसाधारण नमार्न र युक्रेनी नवनाजीहरूलाई मात्र सफाया गर्न रुसी सेनाले किएभ लगायतका शहरमा घरघरमा गएर खानतलाशी गर्नुपर्नेछ । दोस्रो विश्वयुद्धमा सोभियत सेनाले जर्मनीमा यसै गरी नाजीहरूको सफाया गरेको थियो । त्यस्तो कारवाही पूरा गर्नका लागि समय लाग्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x