२७ जेठ २०८३, बुधबार

युक्रेनमाथि रुसको आक्रमणलाई युद्धको संज्ञा दियो टर्कीले, रुसी जहाज रोक्ने बहाना ?

फागुन १५, २०७८
युक्रेनमाथि रुसको आक्रमणलाई युद्धको संज्ञा दियो टर्कीले, रुसी जहाज रोक्ने बहाना ?

टर्कीले युक्रेनमाथि रुसको आक्रमणलाई युद्धको संज्ञा दिएको छ । 

आइतवार टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनका प्रवक्ता इब्राहिम कालिनले ट्विटरमा लेखे, ‘युक्रेन युद्धको चौथो दिन हामी रुसी आक्रमण तत्काल रोक्न र युद्धविरामको सम्झौता थाल्न राष्ट्रपति एर्दोआनले गर्नुभएको आह्वानलाई दोहोर्‍याउँछौं ।’

टर्कीले रुसी आक्रमणलाई युद्धको संज्ञा दिएर रुसी जहाजलाई भूमध्यसागर र कृष्ण सागर जोड्ने डार्डानेल्स र बोस्फोरस जलसन्धिमा रुसी जहाजको पहुँचलाई रोक्ने बहाना खोजेको देखिन्छ । ती जलसन्धिमा टर्कीको नियन्त्रण छ । युद्धको समयमावा जोखिमको अवस्थामा युद्धपोतहरूको आवागमन सीमित गर्ने अधिकार सन् १९३६ को मोन्त्रेउ महासन्धिले दिएको छ । 

पश्चिम र रुससँगको सम्बन्धलाई सन्तुलनमा राखेको टर्कीले रुसी आक्रमण अस्वीकार्य रहेको बताउँदै आएको थियो तर अहिले त्यसलाई युद्धको संज्ञा दियो । 

युक्रेनले टर्कीलाई कृष्ण सागरतर्फ आउने रुसी युद्धपोतहरू रोक्न अपील गरेको छ । कृष्ण सागरबाट युक्रेनको दक्षिणी तटमा रुसले आक्रमण गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्