
फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका पूर्वखेलाडी डेभिड बेकहमले केही समय अगाडि सोसल मिडियामा सेयर गरेको तस्वीरका कारण विवादमा घेरिका छन् । उक्त तस्वीरबारे उनले स्पष्टिकरण पनि दिनु पर्यो ।
तस्वीरमा उनी आफ्नो छोरीसँग देखिएका छन् । तर उनी विवादित बन्ने विषय भनेको उनले छोरीको ओठमै चुम्बन गरेको तस्वीरमा देख्न सकिन्छ । यो तस्बिर पोष्ट गरेपछि मानिसहरुले आपत्ति जताउन सुरु गरे ।
केही मानिसहरुले डेभिडले छोरीलाई ओठमा चुम्बन गरेको तस्बिर सोसल मिडियामा सेयर गर्नु गलत भएको बताए । कसैले भने छोरीलाई ओठमा चुम्बन गर्नु अचम्म र असुहाउँदो कुरा भएको भन्दै आलोचना पनि गरे ।
धेरैले उनको यो तस्बिरमा नकारात्मक टिप्पणी गरेपनि केहीले उनको पक्षमा पनि टिप्पणी गरेका छन्। डेभिडलाई साथ दिँदै केही मानिसलाई उक्त तस्बिर गलत लागे आफ्नो दिमाग ठिक गर्नुपर्ने पनि टिप्पणी गरेका छन् ।
केही मानिसले यो एक पिताको आफ्नो छोरीका लागि प्रेम दर्साउने एक माध्यम भएकाले केही गलत नभएको बताए ।
सोसल मिडियामा आफ्नी पाँच वर्षीया छोरीलाई चुम्बन गरिरहेको तस्बिर सेयर गरेको विषयमा भएको विवादपछि डेभिड बेकहमले स्पष्टिकरण दिएका छन् । समाचार संस्था द टेलिग्राफ अनुसार एक फेसबुक लाइभमा छलफलको क्रममा डेभिडले उनी आफ्ना सन्तानलाई प्रेम गर्ने र आफूले बाल्यकालमा जस्तो प्रकारको प्रेम पाएको त्यस्तै छोराछोरीलाई प्रदान गरेको बताएका थिए ।
उनले भने, ‘मैले आफ्नी छोरीलाई ओठमा चुम्बन्ध गरेका कारण आलोचना भोग्नुपर्यो तर म आफ्ना सबै सन्तानलाई ओठमा नै चुम्बन गर्छु । म जेठो छोरो ब्रुकलिनलाई यसरी चुम्बन गर्दिनँ किनभने उनी १८ वर्ष भइसकेका छन् र यसो गर्दा उनलाई अचम्म लाग्न सक्ला ।’
‘म र मेरी श्रीमती आफ्ना सन्तानलाई यसरी नै प्रेम गर्ने गर्दछौं,’ उनले भने ।
स्मरण रहोस् डेभिडले मोडल र गायिका भिक्टोरिया बेकहमसँग सन् १९९९ को जुलाई ४ तारिखमा विवाह गरेका थिए । अहिले यो जोडीले विवाहको १८ औं वर्षगाँठ मनाइरहेको छ ।
दुबैका चार सन्तान छन् । छोरा ब्रुकलिन बेकहम, रोमियो जेम्स बेकहम, क्रुज बेकहम र छोरी हार्पर बेकहम ।