२४ जेठ २०८३, आइतबार
संसदमा एमसीसी

संसद्को बहुमतबाट एमसीसी प्रस्ताव स्वीकृत, आजै दोस्रो बैठक बसेर अनुमोदन गर्ने तयारी

फागुन १५, २०७८
संसद्को बहुमतबाट एमसीसी प्रस्ताव स्वीकृत, आजै दोस्रो बैठक बसेर अनुमोदन गर्ने तयारी

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा सैद्धान्तिक छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

यद्यपि एमसीसी निर्णयार्थ पेश हुन भने बाँकी नै छ ।

मन्त्रिपरिषद् बैठक बसेर एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेपछि आजै बस्ने प्रतिनिधि सभाको अर्को बैठकमा एमसीसी निर्णयार्थ पेश हुनेछ ।

बैठक साँझ साढे ६ बजे बस्ने गरी स्थगित भएको छ ।

मन्त्रिपरिषद् बैठक पनि संसद् भवनमै बस्ने तयारी भएको छ ।

त्यसअघि एमसीसीमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई विशुद्ध आर्थिक सहयोगको रूपमा कार्यान्वयन गरिने बताए । 

‘हामीले संविधानअनुसार बनेका कानून मान्ने हो । एमसीसीबारे उठेका प्रश्न, सडकमा उठिरहेका आवाज, जनताको चासो र चिन्तानबारे सरकारको गम्भीर ध्यानकर्षण भएको छ,’ मन्त्री शर्माले भने, ‘नेपालको कानूनमा भएको प्रचलित व्यवस्थाअनुसार एसीसीबारे व्याख्यात्मक घोषणा पेश गछौं ।’

मन्त्री शर्माले नेपाल कुनै सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने बताए ।

‘असंलग्न परराष्ट्र नीतिको आधारमा सबै मित्रसँग समान व्यवहार सरकारको जिम्मेवारी हो । नेपाललाई शान्ति क्षेत्रको रूपमा अगाडि बढाउन चाहन्छौं,’ मन्त्री शर्माले भने । 

सदनमा भएको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरूले सरकारले ल्याउन लागेको व्याख्यात्मक घोषणालाई अमेरिकाले मान्यता दिने कि नदिने भन्ने विषयमा प्रश्न उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्