११ असार २०८३, बिहीबार

मलेसिया जाने नेपालीलाई फाइदा, मासिक पाँच हजार थपियो

कात्तिक २०, २०७४
मलेसिया जाने नेपालीलाई फाइदा, मासिक पाँच हजार थपियो
काठमाडौं, १८ पुस–मलेसियामा कार्यरत नेपालीले अब लेबी तिर्नु नपर्ने भएको छ ।

मलेसियाका प्रधानमन्त्री अहमद जाही हामीदीले कामदारको लेबी रोजगारदाता आफैले तिर्न निर्देशन दिएसँगै त्यहाँ कार्यरत नेपालीहरूले लेबी तिर्न नपर्ने भएको हो ।

यो भन्दा अघि नेपाली कामदारले मासिक पाँच हजार रुपैयाँ मलेसिया सरकारलाई लेबी तिर्दै आएका थिए । यो नियम लागू भएसँगै अब रोजगारदाता कम्पनीहरूले कामदारको तलबबाट लेबी काट्न पाउने छैनन् ।

सरकारले अहिले गरेको निर्णय अनिवार्य रुपमा लागू गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।

यो निर्णय भएसँगै मलेसियामा कार्यरत पाँच लाख नेपालीहरूले राहत महशुश गर्ने छन् । उनले त्यहाँ कार्यरत कामदारहरुलाई कम्पनीहरुले तलब नदिएको, पासपोर्ट जफत गरेर हिँडडुल समेत गर्न नदिएको लगायतका सूचनाहरु समेत आफूसँग रहेकोले यि समस्या समाधानका लागि तत्काल नयाँ नियम बनाउने समेत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्