११ साउन २०८३, सोमबार

काभ्रेको तामाघाटमा सानिमा बैंकको नयाँ शाखा

फागुन १७, २०७८
काभ्रेको तामाघाटमा सानिमा बैंकको नयाँ शाखा

सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरे । 

उद्घाटन समारोहमा पाँचखाल नगरपालिकाका मेयर खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा एटीएम संचालनमा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्