२८ जेठ २०८३, बिहीबार

शय्या अभावले सुत्केरी भुइँमै !

फागुन २०, २०७८
शय्या अभावले सुत्केरी भुइँमै !

बिरामीको चाप वृद्धि भएपछि  भरतपुर  अस्पतालको  प्रसूति  कक्षमा शय्या अभाव हुन थालेको छ ।

​ प्रसूति सेवा लिन आउनेको  सङ्ख्या  वृद्धि  भएपछि  अस्पताललाई व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।

चितवन, नवलपरासी, मकवानपुरसहित  छिमेकी  जिल्लाका गर्भवतीहरू  प्रसूतिका  लागि  भरतपुर अस्पताल   आउने   गरेका   छन् ।

गर्भवती   अवस्थामा   अन्य   निजी अस्पताल र क्लिनिकमा जँचाउने गरे पनि  सुत्केरी  हुन  भरतपुर  अस्पताल नै आउने गरेकाले शय्या अभाव हुने गरेको अस्पतालका प्रसूति रोग विभाग प्रमुख   डा.   सुनीलमणि   पोखरेलले बताए ।

अस्पतालमा गत साउनयता आठ हजार  आमाले  शिशु  जन्माइसकेका छन् । यो सङ्ख्या गत वर्ष नौ हजार ७६६ जना थियो । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. पोखरेलले  दैनिक  ४०  देखि  ४५  जनाले  बच्चा जन्माउने  गरेको  जानकारी  दिए।    

तीमध्ये एक  तिहाइ  गर्भवतीको  शल्यक्रिया  गरेर  बच्चा झिक्ने  गरिएको  छ ।  गत  वर्षभन्दा  यो  वर्ष सुत्केरी गराउनेको सङ्ख्या निकै बढेको उल्लेख गर्दै उहाँले यस वर्ष १२ हजारभन्दा बढीले सेवा लिने देखिएको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्