२९ जेठ २०८३, शुक्रबार

'व्यर्थैको विरोध'ले बानेश्वर प्रताडित

फागुन २०, २०७८
'व्यर्थैको विरोध'ले बानेश्वर प्रताडित

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसद्मा पेस गर्ने असहमति जनाए।

प्रतिनिधिसभा बैठक बोलाएका दिन उनीहरूले बानेश्वरका सडकमा कार्यकर्ता उतारे।

तर, अन्तत: यी दुई दलकै समर्थनमा फागुन १५ गते एमसीसी अनुमोदन भयो।

त्यही दिन पनि यी दुईसहित अन्य दलका कार्यकर्ताले एमसीसीको विरोध गर्दै प्रदर्शन गरे।

सत्ता गठबन्धनमा रहेका यी दुई दलको द्वैध चरित्रले बानेश्वर प्रताडित बन्यो। सार्वजनिक सम्पत्ति नास भयो।

उद्योगी व्यवसायीले क्षति व्यहोर्नुपर्यो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार एकै पसलमा ७ लाख ६८ हजार रुपैयाँको क्षति भएको विवरण आएको छ। क्षतिपूर्ति दिन प्रक्रिया थालेको रिजालको भनाइ छ। 'यो पसलको मात्रै क्षति संकलन भएको छ', रिजाल भन्छन्, 'अरू विवरण प्रहरीसँग होला।'

क्षति पुगेको उक्त पसल जानकी श्रेष्ठको हो। घटनाक्रमअनुसार एमसीसी अनुमोदनका दिन सुरक्षाकर्मी प्रदर्शनकारीलाई लखेट्दै बानेश्वर चोकबाट बुद्धनगर पुगे।

प्रदर्शनकारी गल्लीमा लुके। त्यसलगत्तै उनीहरूले प्रहरीलाई घेराबन्दी गरे। भाग्ने ठाउँ भएन। सुरक्षाकर्मी शरण माग्दै श्रेष्ठको बुटिकमा पुगे।

'सबैको सटर बन्द थियो। मेरो पसलको एकापट्टिको आधा सटर खुलेको थियो। पुलिस भाइ आएर दिदी हामीलाई बचाइदिनु भन्यो। मैले पसलको गोदामभित्र लुकाएर उहाँहरूको ज्यान जोगाएँ। तर, आन्दोलनकारीले मेरो पसलमा ढुंगा हानेर बर्बाद बनाए, श्रेष्ठ भन्छिन्, 'अहिले आँखा चिम्लिँदा तोडफोडकै दृश्य याद आउँछ। निद्रै लाग्दैन। डर मात्रै लाग्छ । घरपरिवारलाई कति टेन्सन भयो। मै पनि बाँच्ने अवस्था थिएन। त्यत्रो सिसा फुटेर मतिरै आयो। मैले नसोचेको भयो।'

बन्द, तोडफोड गर्ने नहुने बताउँछिन् श्रेष्ठ। 'खासमा आन्दोलन त शान्तिपूर्ण हुनुपर्ने हो। आफ्ना माग राज्यलाई सुनाउने हो। यहाँ नहुने घटना भयो', उनी भन्छिन्, 'प्रहरीले शरण मागे। मैले त्यहाँ मानवताको नाता देखें। पसलभित्र आउन भने। प्रहरी आए पनि, आन्दोलनकारी आए पनि बचाउन हाम्रो दायित्व, धर्म हो।' अन्नपूर्ण पोस्टमा राजकरण महतोले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्