२८ जेठ २०८३, बिहीबार

गैँडा मारेर खाग चोरी गर्ने एक अभियुक्त पक्राउ

फागुन २०, २०७८
गैँडा मारेर खाग चोरी गर्ने एक अभियुक्त पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चितवन कालिका नगरपालिका–२ का ४० वर्षीय राजन प्रजालाई महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले १७ फागुनमा पक्राउ गरेको हो ।

उनी काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा लुकीछिपी बसेको प्रहरीको भनाइ छ । 

थप कारवाहीका लागि उनलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गत असारमा भएको गैँडा मारेर खाग चोरीको घटनामा संलग्न थिए । 

salt training

कमेन्ट गर्नुहोस्