२९ असार २०८३, सोमबार

राष्ट्रपति पुटिनको हत्या गर्न उक्साए अमेरिकी सांसदले

फागुन २०, २०७८
राष्ट्रपति पुटिनको हत्या गर्न उक्साए अमेरिकी सांसदले

अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न उक्साएका छन् । 

उनले रुसी सेनामा ब्रुटस वा सफल कर्नेल स्टाउफनबर्ग छैन भनी प्रश्न गरेका छन् । 

रोमन जनरल जुलियस सीजरलाई ब्रुटसले हत्या गरेका थिए भने जर्मन सेनाका कर्नेल स्टाउफनबर्गले सन् १९४४ मा एडोल्फ हिटलरको हत्याको प्रयास गरेका थिए । 

अनेकौं ट्वीट गर्दै ग्राहमले भने, ‘रुसमा कुनै ब्रुटस छैन ? रुसी सेना सफल कर्नेल स्टाउफनबर्ग छैन ? रुसमा कसैले यो मान्छेलाई सिध्याए मात्र युद्धको अन्त्य हुन्छ । यसलाई सिध्याएमा तपाईंले आफ्नो देश र संसारलाई महान् सेवा गर्न सक्नुहुन्छ ।’

रुसले अघिल्लो साताको बिहीवारदेखि युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि ग्राहमको टिप्पणी आएको हो । त्यसअघि रुसले युक्रेनको पूर्वी भागमा रहेको डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको दर्जा दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्