२५ असार २०८३, बिहीबार

ओली-प्रचण्डलाई कसले मिलाइदियो, कसले फुटाइदियो भनेर चुनावको बेला सोध्नुपर्छ- गगन थापा

फागुन २०, २०७८
ओली-प्रचण्डलाई कसले मिलाइदियो, कसले फुटाइदियो भनेर चुनावको बेला सोध्नुपर्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७४ सालको चुनावको बेला एमाले र माओवादीलाई कसले मिलाइदियो र कसले फुटाइदियो भनेर चुनावको बेला प्रश्न गर्नुपर्ने बताएका छन् । 

चुनावको बेला जनतालाई झुटको आश्वासन बाँडेर उनीहरूले जनमतलाई सम्हाल्न नसकेको थापाले आरोप लगाए । 

कास्कीको मादी गाउँपालिकामा शुक्रवार पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महमन्त्री थापाले कांग्रेसलाई ५० वर्ष सत्तामा आउन दिँदैनौँ भन्ने कम्युनिस्टहरू आपसमा भिडेका कारण सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका हुन् । 

‘अघिल्लो पटकको चुनावमा हामी एक हौं भनेर गठबन्धन बनाएका केपी ओली र प्रचण्डलाई कसले मिलाइदियो कसले फुटाइदियो भन्ने कुराको प्रश्न गाउँगाउँमा गर्नुपर्छ,’ थापाले भने । २०७४ सालमा कांग्रेसलाई रोक्नको लागि मात्र वाम गठबन्धन बनेको उनले दाबी गरे । 

महामन्त्री थापाले चुनावमा कम्युनिष्टहरूलाई जनताले दण्ड दिने बताए । ‘२०४८ मा सानदार जितेको कांग्रेसले २०५१ सालमा किन चुनाव हारेको ? किनभने जनताले भने, हामीले बहुमत दिएको सम्हाल्न नसकेका कारण दण्ड दियौँ,’ थापाले भने । 

salt training

कमेन्ट गर्नुहोस्