२० असार २०८३, शनिबार

रुस–युक्रेन द्वन्द्वबीच भएको शान्ति वार्तामा यी विषयमा सहमति

फागुन २१, २०७८
रुस–युक्रेन द्वन्द्वबीच भएको शान्ति वार्तामा यी विषयमा सहमति
फाइल फोटो

रुस–युक्रेनबीच दोस्रो चरणको शान्ति वार्तामा युद्धविरामको विषयमा कुनै ठोस निष्कर्ष निस्कन सकेन ।

बिहीवार बिहानैदेखि झण्डै २४ घण्टा चलेको दोस्रो चरणको वार्ताले युद्ध विरामका सन्दर्भमा कुनै निष्कर्ष दिन नसकेको हो तर दुवै पक्षले युक्रेनका आम नागरिकको मानवीय आवश्यकता पूर्ति र त्यसको निकासका सम्बन्धमा भने पहल गर्ने सहमति जनाएका छन् ।

मानवीय आवश्यकताको पूर्तिका विषयमा मात्र यस वार्ताले समाधान निकाल्न सकेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले जानकारी दिए । युद्धरत रहेकै बखत २ देशबीच विगत ४ दिनयता २ पटक वार्ता भएको हो ।

छिमेकी मुलुक बेलारुसको मध्यस्थतामा बेलारुसकै ब्रेस्ट क्षेत्रमा दोस्रो चरणको वार्ता भएको हो ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार पोडोल्याकले वार्तापछि भनेका छन्, ‘वार्ता सकियो तर द्र्भाग्यवश, युक्रेनले चाहेको नतिजा अझै प्राप्त भएको छैन ।’

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले वार्तापछि शान्ति सम्झौतामा युक्रेनले आफूहरूको माग सम्बोधन गर्न नखोजेको आरोप लगाए । रुसले युक्रेनसँगको कुनै पनि शान्ति सम्झौतामा युक्रेनले असैनिकीकरण गर्ने वाचा समावेश गर्नुपर्छ भन्ने कुरामा जोड दिन छाड्ने छैन ।

शान्ति वार्ताको क्रममा रुसले युक्रेनलाई तटस्थ स्थितिमा रहन जोड दिइरहेको थियो । युक्रेनी राष्ट्रपतिका सल्लाहकारका अनुसार युक्रेनले भने तत्काल युद्धविराम र नागरिकहरूका लागि मानवीय आवश्यकताको पूर्तिको निकासा जस्ता विषयलाई शान्ति वार्ताको प्राथमिकताका रूपमा अघि सारेको थियो ।

वार्ताअघि रुसले सेना फिर्ता गर्नुपर्ने माग पनि युक्रेनले राखेको थियो ।

यसैबीच युक्रेनमा मानवीय संकट बढ्दै गएपछि आमनेसामने रहेर आफू वार्तामा बस्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले प्रतिक्रिया दिए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने वार्ताभन्दा पनि युक्रेनमा भएको बाह्य अतिक्रमणको रुसले सशक्त प्रतिकार गरिरहने बताए । पत्रकार सम्मेलनमा बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू पुटिनसँग भेट्न र वार्ता गर्न तयार रहेको बताए । गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्