३१ असार २०८३, बुधबार

अध्यक्ष तिमिल्सिनाले गराए राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यलाई शपथ

फागुन २१, २०७८
अध्यक्ष तिमिल्सिनाले गराए राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यलाई शपथ
फाइल फोटो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिवार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरूले शपथ लिएका हुन् ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुन् ।

नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका छन् ।

नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानून अनुरूप शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । शपथ लिन केही सदस्य आफनो जातीय भेषभूषा सहितको पहिरनमा आएका थिए ।
  
राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । उनीहरूको कार्यकाल ६ वर्षको हुनेछ । 

समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय ससद्को प्रतिक चिह्न (लोगो) प्रदान गरे । सचिवालयका महासचिव डा. भरतराज गौतमले उनीहरूलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रिय सभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी थिए ।

संसद् सचिवालयले उनीहरूलाई संसद् र संसदीय अभ्यासबारे शनिवारै संक्षिप्त जानकारी दिने कार्यक्रम समेत राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्