३० जेठ २०८३, शनिबार

मलेसियामा एक नेपालीको मृत्यु, शव ल्याउन श्रममन्त्रीको पहल

फागुन २२, २०७८
मलेसियामा एक नेपालीको मृत्यु, शव ल्याउन श्रममन्त्रीको पहल

तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उनको यही फागुन १७ गते मृत्यु भएको हो । 

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।  अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् । शनिबार मृतकको घरमै पुगेर उनले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिए। 

उनले भने, “राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ ।

salt training

कमेन्ट गर्नुहोस्