२३ जेठ २०८३, शनिबार

चर्चित फेशन कोरियोग्राफरका छोराले गर्भवती अभिनेत्रीलाई अश्लील म्यासेज पठाएपछि...

फागुन २२, २०७८
चर्चित फेशन कोरियोग्राफरका छोराले गर्भवती अभिनेत्रीलाई अश्लील म्यासेज पठाएपछि...

चर्चित फेसन कोरियोग्राफर प्रसाद विडापाका छोरा एडम विडापालाई कर्नाटक प्रहरीले पक्राउ गरेको छ । 

एडम बिडापामाथि कन्नड अभिनेत्रीलाई अश्लील सन्देश पठाएर बैंगलोरमा उत्पीडन गरेको आरोप लागेको छ । प्रहरीले शनिवार सो जानकारी दिएको हो ।

इन्दिरानगर प्रहरीका अनुसार कन्नड अभिनेत्री सञ्जना गलरानीले एडम विडापाविरुद्ध अश्लील सन्देश पठाएको भन्दै उजुरी दिएकी थिइन् । तर, एडम विडापाले सबै आरोप अस्वीकार गरेको प्रहरीले जनाएको छ । ती अभिनेत्री गर्भवती छिन् र सामाजिक सञ्जालमा आफ्नो बेबीबम्पसँगको तस्वीरहरू शेयर गरिरहेकी छन् ।

फागुन २५ गते राति १० बजेदेखि १२ बजेसम्म एडम विडापाले अभिनेत्रीलाई अश्लील म्यासेज पठाएको उजुरीमा उल्लेख गरिएको  प्रहरीले जनाएको छ । सञ्जना गलरानीले प्रहरीसमक्ष ह्वाट्सएप च्याटको प्रमाण बुझाएर दोषीमाथि कानुनी कारवाही गर्न माग गरेकी छन् ।

३५ वर्षीय एडम विडापालाई च्याटमा अभिनेत्रीलाई अश्लील सन्देश पठाएको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । -जागरण

salt training

कमेन्ट गर्नुहोस्