२५ जेठ २०८३, सोमबार

संसदमा अगाडि बढ्यो महाभियोगको प्रक्रिया, २२ दिनपछि गठन भयो सिफारिश समिति

फागुन २२, २०७८
संसदमा अगाडि बढ्यो महाभियोगको प्रक्रिया, २२ दिनपछि गठन भयो सिफारिश समिति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बावजूद सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिश समिति गठन गरेका छन् ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिश समिति गठन सम्बन्धी प्रस्ताव पेश गरेका हुन् । 

समितिमा नेकपा एमालेका ४, कांग्रेस र माओवादीका दुई-दुई तथा एकीकृत समाजवादी, जसपा र लोसपाका १/१ सदस्य छन् ।

समितिमा ​एमवाल मिया, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्बाहम्फे सदस्य छन् ।

पदीय आचरणअनुसार काम नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै सत्ता गठबन्धनमा आबद्ध दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध फागुन १ गते प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

संसद् सचिवालयमा दर्ता भएको एक हप्तापछि संसदमा महाभियोग प्रस्तावबारे छलफल गर्नुपर्ने भएपनि २२ दिन पुग्दासमेत छलफल हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्