
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले नारायणी सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ ।
बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्न सम्झौता भएको बैंकले जनाएको छ ।
यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।