
आफ्नै साथीलाई गोली प्रहार गरेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
फागुन २१ गते राति साढे १० बजे जनकपुर उपमहानरपालिका–१९, शिवपुरका मुकेश मुखियालाई गोली प्रहार गरेको आरोपमा रुपेश यादवलाई धनौजी गाउँपालिका–४ बोडरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादवले शिवपुरमा मामाको घरमा बसिरहेका मुखियालाई गोली प्रहार गरेर फरार भएका थिए । प्रहरीले घटनास्थलबाट अटोमेटिक पेस्तोलसमेत बरामद गरेको छ ।
घाइते भएका मुखियाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।