२८ जेठ २०८३, बिहीबार

दाङमा एमाले बन्यो ‘हिरो’, दुबै उपमहानगरपालिकामा विजयी

कात्तिक २०, २०७४
दाङमा एमाले बन्यो ‘हिरो’, दुबै उपमहानगरपालिकामा विजयी
काठमाडौं, २२  असार— कांग्रेसको पडक क्षेत्र मानिएको दाङमा यो पटक नेकपा एमाले बलियो देखिएको छ । दाङका १० तहमध्ये दुई उपमहानगरपालिकासहित ६ तहमा नेकपा एमाले विजयी भएको छ ।
बिहिबार सम्पन्न मतगणनाअनुसार तुल्सीपुर उपमहानगरपालिकामा कांग्रेसलाई हराउँदै घनश्याम पाण्डेय विजयी भएसँगै दाङमा एमालेको जित संख्या ६ पुगेको हो ।UML-Ballot
निकटम प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारलाई गेहेन्द्र गिरीलाई हराउँदै एमालेका उम्मेदवार पाण्डे मेयरमा निर्वाचित भएका हुन्।

पाण्डेले २२ हजार ८ सय ५७ मत पाएका छन् भने निकटतम् प्रतिष्पर्धी गिरीले १८ हजार ९ सय ३ मत ल्याए।

त्यस्तै उपमेयरमा माया आचार्यले २१ हजार ३७ मत ल्याइन् भने उनका निकटतम् प्रतिष्पर्धी कांग्रेसका देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याइन्।
यसअघि नै घोराही उपमहानगरपालिकामा एमाले नै विजयी भएको थियो ।
दाङ एमालेले दुई उपमहानगरसहित ६ तहमा बाजी मार्दा कांग्रेस तीन तहमा विजयी भएको छ । माओवादी केन्द्रले भने एक तहमै चित्त बुझाउनु परेको छ ।
कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला समेत रहेका कारण विगतमा दाङ कांग्रेसको पकडमा रहँदै आएको थियो । तर विगतको इतिहासलाई उल्ट्याउँदै यो पटक एमाले अगाडि देखिएको हो ।
०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै क्लिन स्विप गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी कांग्रेसका उम्मेदवारहरुले मत पाएका थिए ।

यसो त ०४८, ५१, ५६, ६४ र ७० को निर्वाचनमध्ये ०६४ मा माओवादी आएबाहेक बाँकी सबैमा कांग्रेसले जितेर आफ्नो गढको रूपमा स्थापित गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्