२२ जेठ २०८३, शुक्रबार

हेलिकप्टर प्रयोग गरी वनमा लागेको डढेलो नियन्त्रण

फागुन २५, २०७८
हेलिकप्टर प्रयोग गरी वनमा लागेको डढेलो नियन्त्रण
प्रतिकात्मक तस्वीर

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

आइतवार दिउँसोबाट लागेको डढेलो ४ दिनपछि नियन्त्रणमा आएको वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए ।

हेलिकप्टर, स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा ४ दिनपछि डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि सोमवारदेखि अग्नि नियन्त्रक सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको वडाध्यक्ष शेर्पाले बताए ।

गाउँपालिकाको पहलमा ल्याइएको हेलिकप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो ।
 
आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमवार बिहान करीब १ घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तीसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के कति क्षति भयो भन्ने यकिन गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

आगलागीका कारणबारे अनुसन्धानसँगै क्षतिको यकिन विवरण तयार गर्ने काम भइरहेको वडाध्यक्ष आङफुर्वा शेर्पाले बताए । आगोका कारण नाक्चुङ गाउँका १३ घर उच्च जोखिममा परेका थिए । बस्ती जोगाउनका लागि सबै संयन्त्र प्रयोग गरी काम गरेको गाउँपालिका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्