०३ असार २०८३, बुधबार

संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

फागुन २६, २०७८
संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
फाइल फोटो

संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरी खतिवडाले ९ पुरुष र ४ महिलाको मृत्यु भएको पुष्टि भएको बताए ।

उनका अनुसार ५ जना घाइते भएका र हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको उनले बताए । 

दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस बिहीवार बिहान करीब साढे ७ बजेतिर संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्