
रूपन्देहीको भैरहवामा बिहीवार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–८ मा लु २ ख १४४० नम्बरको ट्रकले लु २२ प ९६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रोहित रामदामको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का सुदामा विक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव केसीले जानकारी दिए । उनको अवस्था सामान्य छ ।
ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।