२९ असार २०८३, सोमबार

हुन्डाईले सार्वजनिक गर्‍यो ‘बेस्ट बाई’ अफर

फागुन २६, २०७८
हुन्डाईले सार्वजनिक गर्‍यो ‘बेस्ट बाई’ अफर

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा। लि। ले “हुन्डाई बेस्ट बाई’ योजना सार्वजनिक गरेको छ । 

यो योजना नेपाल अधिराज्यभर लागु हुने छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाई बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, ३० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस,  ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् ।

हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ बेस्ट बाई योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

यो योजना २०७८ चैत्र १९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्