१४ असार २०८३, आइतबार

घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ

फागुन २७, २०७८
घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा २ जना पक्राउ

भक्तपुर नागपोखरी बस्ने एक महिलाको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९, नवलडाँडाकी २८ वर्षीया जेनिशा नगरकोटीको धारिलो हतियार चक्कुले घाँटी रेटी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा दुईजनालाई बुधवार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१०, थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२, भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र  भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेको प्रहरीले जानकारी दिएको छ । 

चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा गत सोमबार जेनिशाको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्