३१ असार २०८३, बुधबार

पल शाहका म्यानेजर पक्राउ

फागुन २७, २०७८
पल शाहका म्यानेजर पक्राउ
पल शाह

नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाहका म्यानेजरलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ  । 
पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले बताए । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले भने । 

फागुन १५ मा पक्राउ परेका पललाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ भने यो बीचमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै नाबालिगले उजुरी दिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्