
नेपाली कांगेस सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको छ । मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ , वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत मात्र प्राप्त गरे । शनिबार राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । निर्वाचन आइतबार गर्ने तयारी भइरहेको छ।