२० असार २०८३, शनिबार

युक्रेन : लभिभको सैन्य अड्डामा भएको आक्रमणमा ९ जनाको मृत्यु

फागुन २९, २०७८
युक्रेन : लभिभको सैन्य अड्डामा भएको आक्रमणमा ९ जनाको मृत्यु

युक्रेनको पश्चिममा रहेको लभिभ शहर नजिकको एक सैन्य अड्डामा रुसले आइतवार गरेको आक्रमणमा कम्तीमा नौजनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । 

लभिभका मेयर आन्द्री सादोभीले टेलिग्राममा लेखेर यसको पुष्टि गरेका हुन् । 

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले पनि यसको पुष्टि गरे । रुसले लभिभ नजिक रहेको इन्टरनेसनल सेन्टर फर पीसकीपिङ यान्ड सिक्योरिटीमा आक्रमण गरेको उनले बताए । त्यहाँ विदेशी प्रशिक्षकहरू बस्ने गर्थे । 

salt training

कमेन्ट गर्नुहोस्