१६ असार २०८३, मंगलबार

एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

कात्तिक २०, २०७४
एनसेलको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त

काठमाडौ, असार २२ –एनसेल प्रालिको नयाँ प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् ।

अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीका यसअघिका प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा गएपछि अमरासेकरालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रबन्ध सञ्चालक अमरासेकरासँग सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेको रहेको एनसेलले जनाएको छ ।

उनीसँग ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको अनुभव रहेको कम्पनीले जनाएको छ ।


अमरासेकरा एनसेलमा प्रबन्ध सञ्चालकको रुपमा नयाँ कार्यभार सम्हाल्न लागेकामा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा एनसेलले नयाँ मार्ग लिने विश्वास सञ्चालक समितिले लिएको छ ।

‘‘यो अवसर पाएकोमा म निकै नै गौरवान्वित छु । एनसेलसँग आवद्ध भई एनसेललाई ग्राहकको आफ्नै ब्राण्डको रुपमा स्थापित गर्दै, डिजिटल नेपालका लक्ष्य प्राप्तिमा योगदान पु¥याउदै, आजीआटाको ‘एडभान्सिङ एसिया’ को लक्ष्य हासिल गर्न इच्छुक छु,’’ एनसेलका नवनियुक्त प्रबन्ध सञ्चालक, सुरेन जे. अमरासेकराले भने ।

अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्