२२ असार २०८३, सोमबार

हामी एक्लै चुनाव लड्न तयार छौं : मन्त्री पौडेल

हामी एक्लै चुनाव लड्न तयार छौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । 
बागलुङ काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौं आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले माओवादी एक्लै चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । 

“हामी अरुभन्दा धेरै लचिलो छौं,” मन्त्री पौडेलले भने, “हामी आफ्नै बुताले चुनाव लडेर जित्छौं । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।”
कांग्रेसका कार्यकर्ताले माओवादीको कारण परिर्वतन भएको भन्ने बहस भएको भन्दै शहीद परिवारले उनीहरुको सपना साकार पार्न सक्रियतापूर्वक राजनीतिमा लाग्न आग्रह गरे ।  
माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धी हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियवादी लागेको आरोप लगाए । 


 

salt training

कमेन्ट गर्नुहोस्