२३ जेठ २०८३, शनिबार

अब घरमै बसेर सेयर किनबेच गर्न सकिने, ब्रोकरकोमा धाउनु नपर्ने

कात्तिक २०, २०७४
अब घरमै बसेर सेयर किनबेच गर्न सकिने,  ब्रोकरकोमा धाउनु नपर्ने

काठमाडौं, २३ असार –सेयर कारोबार अब अनलाईनबाटै गर्न सकिने भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले आगामी कात्तिक २१ गतेदेखि अनलाईनबाटै सेयर कारोबार गर्ने गरी त्यसको तयारी अघि बढाएको छ ।

अनलाइनबाटै कारोबार गर्ने भएपछि अब शेयर खरिदकर्ता तथा विक्रीकर्तालाई ब्रोकरकहाँ जानुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ ।

‘अब सेयर खरिदकर्ता तथा विक्रेताले आफ्नै मोवाईल वा इन्टरनेट उपकरणबाट सेयर खरिद तथा विक्री गर्न सक्नेछन्,’ नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले भने ।

अनलाईनबाट सेयर कारोबार गर्नका लागि सर्वप्रथम सेयर खरिदकर्ता तथा विक्रीकर्ताले अनलाईन प्रणालीमा दर्ता गर्नुपर्नेछ । त्यसपछि भने घरमै बसीबसी शेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्