१३ असार २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा छोरा पारस देखिएनन् [ फोटोफिचर ]

कात्तिक २०, २०७४
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनमा छोरा पारस देखिएनन् [ फोटोफिचर ]
काठमाडौं, २३ असार– पूर्व राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिनेहरुको निर्मल निवासमा घुइँचो लागेको थियो ।

आजबाट ७१ वर्षमा प्रवेशमा गरेका पूर्व राजालाई शुभकामना दिनका लागि उनका समर्थक, शुभेक्षुक निर्मल निवासमा विहानैदेखि भेला भएका थिए ।


विहान ११ बजको साइतबाट निर्मल निवासको चौरमा शुभकामना ग्रहण गर्न पूर्व राजा ज्ञानेन्द्र धर्मपत्नी कोमल शाह, नाती हृदयन्द्र, नातिनीहरुसहित उपस्थित भएका हुन् ।

 
निर्मल निवासको पटाङ्गिनीमा राखिएको मेचमा हसिलो मुद्रामा बसेका ज्ञानेन्द्रलाई शुभकामना दिनेहरु हातमा फूल, खादा लिएर लामबद्ध भएका थिए । उनको शुस्वास्थ्य र दीर्घायुको कामना गर्न भन्दै विभिन्न राजावादी समूह झाँकीसहित निर्मल निवास पुगेका थिए ।



तर आफ्ना वूवाको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व युवराज पारस शाह र उनकी पत्नी हिमानी शाह भने देखिएका थिएनन् ।


जन्मदिनमा शुभकामना दिन आउनेहरुमा पूर्वराजा ज्ञानेन्द्रसँग कुराकानी गर्न आतुर देखिन्थे । काेहीले हातमा फूलगुच्छा, सगुन, फोटोफ्रेम, दही, झण्डा उपहार दिएका थिए ।


शुभकामना दिने मध्ये एकजनाले त राजतन्त्रको बखान गर्दै कविताधरी सुनाउन भ्याए । पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न कोही जुत्ता फुकालेर खाली खुट्टा समेत आएका थिए । जन्मदिनको अवसरमा भक्तपुरको निर्मल निवासमा परम्परागत झाँकी लगायत विभिन्न लोकनाचहरु प्रस्तुत गरिएको थियो ।










salt training

कमेन्ट गर्नुहोस्