०९ साउन २०८३, शनिबार

बैंकहरूको निक्षेप र कर्जा दुवै घट्यो

बैंकहरूको निक्षेप र कर्जा दुवै घट्यो

बैंकहरूमा निक्षेप र कर्जा दुवै घटेको छ । 

चैत पहिलो साता वाणिज्य बैंकहरूमा ५ अर्ब रूपैयाँले निक्षेप संकलन घट्दा कर्जा प्रवाह पनि ४ अर्ब रूपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरूमा ३० फागुनको तुलनामा ४ चैतमा ४३ खर्ब ३३ अर्ब रूपैयाँको निक्षेप घटेर ४३ खर्ब २८ अर्ब रूपैयाँमा झरेको छ । यो अवधिमा बैंकहरूले प्रवाह गरेको कर्जा पनि ४१ खर्ब ७२ अर्ब रूपैयाँबाट घटेर ४१ खर्ब ६८ अर्ब रूपैयाँमा झरेको छ । 

फागुन लागेपछि सुधार हुँदै गएको वाणिज्य बैंकहरूको निक्षेप चैत लागेपछि पुनः घट्न सक्ने संकेत पहिलो साताको तथ्यांकले देखाएको छ । 

पछिल्लो समय बैंकहरूमा चुलिँदै गएको तरलता अभावका कारण बैंकहरूको निक्षेप बढ्न नसक्दा कर्जा प्रवाह पनि कमी आएको थियो । 

वाणिज्य बैंकहरूमा फागुन महिनामा जम्मा २२ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरूले प्रवाह गरेको कर्जा १७ अर्ब रूपैयाँ मात्रै छ ।
 

salt training

कमेन्ट गर्नुहोस्