०२ असार २०८३, मंगलबार

एनआरएनएको निर्वाचन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतको अन्तरिम आदेश

एनआरएनएको निर्वाचन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतको अन्तरिम आदेश

गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्षले आह्वान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतले चैत ९ सम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । 

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि बुधवार बोलाउने र त्यतिञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न सोमवार अन्तरिम अल्पकालीन आदेश दिएको हो ।

चैत ९ गते दुवै पक्षलाई आ-आफ्नो प्रमाणहरूसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि चुनाव गराउने संस्थापन पक्षको योजनामा धक्का पुगेको छ।

अब अर्को फैसला नहुँदासम्म एनआरएनएले आगामी चैत १० र ११ गते गराउन लागेको निर्वाचन रोकिने भएको छ । 

एनआरएन अभियन्ताहरू चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले विवादास्पद प्रतिनिधिसहित एक पक्षीय रुपमा निर्वाचन गर्न लागेको भन्दै त्यसका विरुद्ध रिट दायर गरेका थिए । 

यसैबीच संघका अध्यक्ष कुमार पन्तले दिएको परराष्ट्र मन्त्रालयविरुद्धको मुद्दा पाटन उच्च अदालतले फेरि अर्को हप्तालाई सारिदिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्