
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले देशभर ‘मेगा सर्भिस क्याम्प २०२२’ शुरू गरेको छ ।
कम्पनीले देशैभर रहेका आफ्ना १५ सर्भिस सेन्टरहरुमा यो क्याम्प शुरू गरेको हो ।
आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ लगायतको उपस्थितिमा काठमाडौंबाट यो क्याम्प शुरू गरिएको हो ।
यस योजना अन्तर्गत ग्राहकहरुलाई पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ ।
यस सर्भिस क्याम्पको दौरान ग्राहकले विभिन्न आकर्षक उपहारका साथसाथैै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।
यस सर्भिस क्याम्पको अफरहरु अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेहिकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।